यू–२३ मा नेपाल लेबनानसँग पराजित

623
views

काठमाडौँ, ५ साउन । एएफसी तेइस वर्षमुनि ९यू २३० च्याम्पियनसिप फुटबलको छनोट चरणको अन्तिम खेलमा नेपाल लेबनानसँग पराजित भएको छ ।
संयुक्त अरब इमिरेट्स ९युएई० को अल अइनस्थित ताहानोनविन मोहम्मद स्टेडियममा बुधबार राति १ बजे सम्पन्न खेलमा नेपाल लेबनानसँग २–० गोलअन्तरले पराजित भएको हो ।
नेपालले खेलको पहिलो हाफ र दोस्रो हाफमा एक÷एक गोल खायो । खेलको पहिलो हाफको २८औँ मिनेट र ९० औँ मिनेटमा लेबनानका हासान कुरानीले दुई गोल गदैँ आफ्नो टोलीको जित सुनिश्चित गरे ।
समूह डीमा रहेको नेपालले तीन खेल खेल्दा तीनै खेलमा पराजय भोग्यो भने प्रतियोगितामा एक गोल पनि नगरी स्वदेश फर्कने भएको छ ।