निर्मम बन्दै सभापति देउवा-पार्टीभित्रका अन्तर्घातीलाई कार्वाही गर्ने

633
views

काठमाण्डौ, ५, श्रावण । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनमा पार्टीभित्र ठूलो अन्तर्घात भएको भन्दै अन्तरघातीलाई कार्वाही बताएका छन्् ।
दुई नम्बर प्रदेशको पार्टी भेलालाई राजधानीमा सम्बोधन गर्दै देउवाले भने ‘काँग्रेस पहिलो पार्टी बन्ने अवसर गुमाएको मुख्य कारण पार्टीभित्रको अन्तर्घात नै हो, अन्तर्घातलाई पार्टीबाट निष्कासित गरिन्छ । ‘पहिलो र दोश्रो चरणको निर्वाचनमा पार्टीभित्र ठूलो अन्तर्घात भएको छ, अन्तर्घातीलाई कारबाही नगरे पार्टीमा ठूलो क्षति हुन्छ, चुनावका अन्तर्घातीलाई पार्टीबाट निष्कासित गर्छौँ ।’
सभापति देउवाले आफूले टिकट पाएमात्र जितिने भ्रम नपाल्न नेता कार्यकर्तालाई अनुरोध समेत गरेका छन्् । उनले तेश्रो चरणको निर्वाचनमा पहिलो र दोश्रोमा भएको क्षतिको ‘मेकअप’ गर्ने भन्दै आगामी निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउनका लागि व्यक्तिगत स्वार्थ छाडेर लागिपर्न कार्यकर्तालाई निर्देशन समेत दिए ।
गुटका आधारमा टिकट नबाँड््न पौडेलको आग्रह
कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मेदवार छनोटको बिषय स्थानीय तहमै टुंग्याउनुपर्नेमा जोड दिदैं गुटबन्दीका आधारमा टिकट नबाँड््न सभापति देउवालाई अनुरोध गरेका छन्् । उम्मेदवार छनौट जिल्ला वा क्षेत्रले नै टुंग्याउँदा राम्रो हुन्छ भने माथिल्लो हस्तक्षेप किन गर्ने पौडेलल भने उम्मेदवार छनोटको विषय केन्द्रमा आइसकेपछि यो गुट र त्यो गुट भन्ने चर्चा हुन्छ ।’ पौडेलले आफ्नो गृहजिल्ला तनहुँको भानु र शुक्लागण्डकीमा आफ्नो मान्छेलाई टिकट दिएको भए हारिने निश्चित भएको उदाहरण दिँदै दुई नम्बर प्रदेशको निर्वाचनबाट कांग्रेसलाई पहिलो पार्टी बनाउनुपर्ने बताए । कांग्रेसको विकल्प कांग्रेस नै भएको तर्क गर्दै पौडेलले एमालेले फैलाएका प्रपोगाण्डा चिर्न कार्यकर्तालाई निर्देशन दिए । उनले कांग्रेस मधेसबाटै जन्मिएकाले दुई नम्बर प्रदेशले नै कांग्रेसलाई पुनः एक नम्बर पार्टी बनाउने विश्वास व्यक्त गरे । पौडेलले संविधान संशोधन प्रस्ताव सरकारले तेश्रो चरणको निर्वाचन अगावै दर्ता गर्नुपर्नेमा जोड दिए ।
काँग्रेस हार्ने काँग्रेसकै कारण हो– कोईराला
काँग्रेस महामन्त्री सशांक कोइरालाले गिरिजाप्रसादको भनाइ स्मरण गर्दै ‘कांग्रेसले मात्र कांग्रेसलाई हराउन सक्ने बताए । कोइरालाले कांग्रेस दुई नम्बर प्रदेशबाट पहिलो पार्टीका रुपमा आउने भन्दै असन्तुष्ट नेता कार्यकर्तालाई प्रदेश र केन्द्रीय संसदको निर्वाचनमा व्यवस्थापन गर्ने बताए ।
संविधान संशोधन गन काँग्रेस तयार–सिटौला
काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले संविधान संशोधन विधेयक प्रकृयामा लैजान नेपाली कांग्रेस तयार रहेको बताउँदै आफ्नो पार्टी विधेयक पास गराउन लाग्ने र पास नभएको खण्डमा मधेसको पक्ष र विपक्षमा को को रहेछन्् भनेर प्रष्ट हुने बताए