क्रान्तिकारी माओवादी विरुद्ध सुनियोजित षडयन्त्र थालिएको छ–गजुरेल

883
views

नवदृष्टि संवाददाता
काठमाण्डौ, ५, श्रावण । देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सिपी गजुरेलले नेकपा (क्रान्तिकारी माओवादी) लाई सिध्याउन सुनियोजित षडयन्त्रहरु भैरहेको बताएका छन्् । नेकपा (क्रान्तिकारी माओवादी) का नेता समेत रहेका गजुरेलले पार्टीभित्रका नेता कार्यकर्ता तथा शुभचिन्तकहरुलाई भडक्याउनका निमित्त सुनियोजित षडयन्त्रहरु बढेकाले त्यसप्रति नेता कार्यकर्ताहरु सजग रहन आग्रह गरेका छन्् । बिहीबार नवृदष्टिसँग कुराकानी गर्दै अध्यक्ष गजुरेलले नक्कली फेसबुकमा अपलोड गरेका विषयबस्तुलाई समेत समाचार बनाएर अफवाह फैलाउने हल्ला फैलाउने जस्ता गतिविधी बढेकाले त्यसप्रति समेत सज

ग रहन आग्रह गदैृ अध्यक्ष गजुरेलले भने ‘क्रान्तिकारी पार्टीभित्र अनुशासन छ, अनुशासनको दायरामा नरहनेलाई पार्टीले कार्वाहीसम्म गर्ने प्रचलन छ, तिनै कार्वाहमिा पर्नेहरुले समेत पार्टीका विरुद्ध सुनियोजित हल्ला फिजाउँने कार्य गरेकाले त्यसप्रति पनि नेता कार्यकर्ताहरु सजग रहनुपर्ने बताए । जहाँ विचारको अभाव र कार्यदिशाको खडेरी छ, त्यही क्रान्तिको सम्भव भन्दै फलानो पार्टी परित्याग गरी फलानो पार्टीमा प्रवेश गरे भन्ने सञ्चार माद्ययमका हल्लाले समेत कार्यकर्ताको मनोभावनामा असर दखल पुग्ने बताउँदै गजुरेलले भने समाचारको आधिकारीक र मुख्य स्रोत फेसबुक ट््वटीर जस्ता समाजिक सञ्जालहरु बनाउने समाचारका पछि नलाग्न समेत आग्रह गरे ।
क्रान्तिकारी ट्रेड यूनियन महासंघका दुईजनालाई कार्वाही
नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघले संगठनको नीति, विधान र अनुशासन विपरीत काम गर्ने दुई नेतालाई कारबाही गरेको छ । महासंघको हालै बसेको कार्यालयको बैठकले अखिल नेपाल ट्रेड यूनियन महासंघ तथा अखिल नेपाल क्रान्तिकारी पर्यटन मजदुर संघको नेतृत्व गर्ने ठमानसिंह तामाङ र रामबहादुर बस्नेतलाई महासंघको साधारण सदस्य समेत नरहने गरी निष्काशन गर्ने निर्णय गरेको महासंघका संयोजक इश्वर तिमिल्सिनाद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । वक्तव्यमा भनिएको छ, “विगत १ वर्षदेखि तत्कालीन पर्यटन संघमा सो संघका दुई तिहाइ सदस्यद्वारा लिखित र मौखिक रुपमा निजहरु विरुद्ध किर्ते हस्ताक्षर गरी संस्थाको कोष दुरुपयोग गरेको, श्रमिक र मालिकहरुका विवादमा व्यक्तिगत लाभ लिएको, छानविनका दौरान कार्यालयका कागजात लुकाई संगठनलाई गुमराहमा राख्ने प्रयत्न गरेको र संगठनको सम्पर्क बाहिर रही संगठन विरोधी गतिविधि गरेको आदि आरोपहरु प्रमाणित हुन आएकोले महासंघको कार्यालय बैठक बसी निजहरुलाई साधारण सदस्य समेत नरहने गरी निष्काशन गर्ने निर्णय गरिएको यसै वक्तव्यमार्फत्् जानकारी गराइन्छ ।”