एन्टिनाको वृतचित्रमा विद्यार्थीले आँशु बगाए

1508
views

रिना खनाल
काठमाण्डौ, ५, श्रावण । घनश्याम तिमल्सिना एन्टिना शैक्षिक बृतचित्रमा कहलिएका निर्देशक हुन् । उनले निर्देशन गरेको १५ औं शैक्षिक वृतचित्र ‘असल शिक्षाको प्रर्दशन’मा नेपालय स्कुल जोरपाटीका बिधार्थीहरुले हेरेपछि सो वृत्तचित्रका रोचक दृश्यहरुमा हुटिङको आवाज गुन्जियो । चर्चित कलाकारहरु नेची थापा सुरबीर पण्डित, सरामचन्द्र अधिकारी, .बिबेक शम्सेर लगायतले अभिनय गरेको वृतचित्रलाई रामकुमार श्रेष्ठले निर्माण गरेको हुन् ।
पटकथा लेखन निर्देशक घनश्याम तिमल्सिना एन्टिनाले नै गरेका हुन् । गरिब परिवारमा जन्मेकी युवतीले आफ्नु बुवा आमा गुमाउदा पनि पढाईमा निरन्तर लागेर गरेको संघर्षको कथा बोकेको बृतचित्र हेरेपछि विद्यार्थीहरुले प्रतिक्रिया जनाउँदै भने ‘घनश्यमा दाजु यो वृत्तचित्रले हामीलाई भावुक बनायो ।’ वृत्रचित्र हेरीरहंदा धेरै बिधार्थीहरु रोएका थिए । वृत्तचित्रमा कैद गरिएका रोचक दृश्यहरुले भावुकतालाई उमङ्गमा मोडेको थियो ।