बारा प्रहरीले गर्यो एकलाख १२ हजार रुपैयाँको चल्ला नष्ट

906
views

नवदृष्टि संवाददाता
बारा, ५, श्रावण । जिल्ला प्रहरी कार्यालय बाराले एकलख १२ हजार रुपैयाँ बराबरको १४ सय प्रतिबन्धित कुखुरका चल्ला नष्ट गरेको छ । बाराबाट खटिएको प्रहरीको सिभिल गस्ति टोलीले बाराको कलैया नगरपालिका–१ भरत चोकस्थित भारतबाट भन्सार छली चोरी पैठारी गरी अबैध रुपमा नेपाल भित्रयाइएका प्रतिबन्धित कुखुराका चल्लाहरु नष्ट गरेको जिप्रका बाराले जनाएको छ । प्रतिबन्धित चल्ला नष्ट गर्दा जिल्ला पशु ब्यबसाय संघका प्रतिनिधि, पत्रकार, स्थानिय भद्र भलादमीहरुको उपस्थितिमा पसाहा खोलाको किनारमा खाल्डो खनी चल्ला पुरिएको थियो ।