पहिराेका कारण अवरुद्ध राम्चे–स्याउबारी खण्डको पासाङल्हामु राजमार्ग खुल्यो

616
views

रसुवा ७ साउन । पहिराका कारण अवरुद्ध राम्चे–स्याउबारी खण्डको पासाङल्हामु राजमार्ग शुक्रबार साँझदेखि खुलेको छ ।
ट्राफिक प्रहरी कार्यालय रसुवाका अनुसार डोजरको सहायताले पहिरो पन्छाई रोकिएको सयौँ सवारीसाधन ओहरदोहर गराउने काम भएको छ । कालिका गाउँपालिका–१ क्षेत्रको सडक सफा गर्न दुई डोजर प्रयोग भएको समाजसेवी चामसिंह तामाङले बताए ।
यस्तै टिमुरे–घट्टेखोला बीचमा अवरुद्ध सडकसमेत रसुवागढी हाइड्रोपावरको डोजरले खुला गरिसकेको र नेपाल–चीनका सामान ढुवानी गर्ने ट्रक कन्टेनर केरुङतर्फ गइसकेको सीमा प्रहरी चौकी टिमुरेले जनाएको छ ।