काभ्रे ७, साउन काभ्रेको बनेपामा एकैपरिवारका चारजना मृत भेटिएपछि काठमाडौंबाट डाक्टरसहित प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको टोली काठमाडौंबाट बनेपामा डाक्टरसहित प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको टोली बनेपा पुगेको छ ।बनेपा नगरपालिका–७ बसपार्कमा होटल सञ्चालन गरेर बसेका राजन दाहाल, उहाँका बुवा हरिभक्त, आमा हरिमाया र बहिनी रञ्जना शुक्रबार बेलुका आफ्नै होटलभित्र मृत भेटिएपछि डाक्टरसहित सिआइबीको ७ सदस्यीय टोली बनेपा पुगेका हुन् । शव रहेको ठाँउमा विष प्रयोग गरेको केही खाली सिसी भेटिएको पनि प्रहरीले बतएको छ ।