आर्थरडाँडाखर्कका वडाध्यक्ष गुरुङ अख्तियारको घेरामा, २६ लाख हिनामिनाका अनुसन्धान हुदै

663
views

नवदृष्टि संवाददाता
पर्वत ७, श्रावण । पर्वतको कुश्मानगरपालिका १४ आर्थरडाँडाखर्कका वडाध्यक्षलाई आर्थिक अनियमितता गरेको आरोपमा अख्तियारले छानविनका लागि पत्र काटेको छ । वडाका विभिन्न आयोजनामा आर्थिक अनियमितता गरेको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यक्षलाई सात दिन म्याद सहितको पत्र काटेको हो । स्थानीय तह निर्वाचनमा ऐमालेको तर्फदेखी वडा अध्यक्षमा विजयी भिमप्रसाद गुरुङले २०६१ साल देखी विभिन्न आयोजनामा आर्थिक हिनामिना गरेको पाएपछि छानविनका लागि पत्र काटीएको हो ।
पञ्चकोशी माविको अध्यक्ष हुँदा शिक्षक नियुक्तिमा आर्थिक चलखेल गरेको, पञ्चकोशी पञ्चधाम सहकारीको सचिव रहँदा आर्थिक हिनामीना गरेको र सहकारी पसल व्यवस्थापक हुँदा आर्थिक हिनामिना गरेको, भिडिएफ संस्थाको रकम हिनामिना गरेको उज‌ुरीका आधारमा अनुसन्धान थालिएको छ । नवनिर्वा्िचत वडाध्यक्ष गुरुङलाइ अख्तियारले तारेखमा वोलाएर अनुसन्धान थालिएको जिल्ला समन्वय समितिले जनाएको छ । अनुगमन तथा प्रसाशकीय अधिकृत रवीन अधिकारीले अख्तियारको पत्र बमोजिमको अनुसन्धानको लागि ताकेता गरीएको बताउनु भयो । अख्तियारमा मुद्धा परेपछि अध्यक्ष विवादित वन्नुभएको हाे । दुईवर्षे कार्यालय पञ्चकोशी माविको अध्यक्ष हुँदा रकम लिएर शिक्षक नियुक्ति गरेको सम्वन्धमा जिल्ला शिक्षा कार्यालय मार्फत पटक पटक पत्र काटेर जवाफ माग गरिएको अख्तियार पोखराले जनाएको छ । गुरुङले पञ्चकोशी पञ्चधाम सहकारीमा १४ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा मुद्धा दायर भएकाे छ भने भिडिएफ कार्यक्रमको १२ लाख रुपैयाँ हिनामिना गरेको भन्दै अख्तियारमा मुद्धा दायर भएको हो । वडामा निर्वा्िचत भएपछि पनि नियमविपरितका काम गर्दै आएको स्थानीयले आरोप लगाएका छन् ।