एमाले अध्यक्ष ओली चीन भ्रमणमा

553
views

काठमाडौं ७, साउन काठमाडौ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चीन प्रस्थान गर्नु भएको छ ।
चिनिया कम्युनिष्ट पार्टीका महासचिव समेत रहनु भएका चिनिया राष्ट्रपति सी जिन पिङको निमन्त्रणामा एमाले अध्यक्ष ओली चीन भ्रमणमा जानु भएको हो । स्रोतका अनुसार चिनिया कम्युनिष्ट पार्टीका बरिष्ठ नेताहरुसँग ओलीले दुई पक्षीय हितका बारेमा छलफल गर्नु हुनेछ ।
०७३ चैतमा ओली प्रधानमन्त्रीको हैसियतमा चीन भ्रमणमा जाँदा नेपाल र चीन वीचमा भएका दुई पक्षीय हितका सम्झौता कार्यान्वयन नभएको अवस्था र बर्तमान काँग्रेस माओवादी केन्द्र गठबन्धनको सरकारका बारेमा ओली र चिनिया नेताहरु वीच छलफल हुने स्रोतले बतायो । स्रोतका अनुसार ओली र चिनिया नेताहरु वीचको भेट ल्हासा वा बेइजिङ जता पनि हुन सक्छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अघिल्लो साता बैंककमा चिनिया र भारतीय प्रतिनिधिसँग भेटेर फर्किए लगत्तै एमाले अध्यक्ष चीन प्रस्थान गर्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।
उहाँ तिब्बतको मानसरोवर जानु भएको एमाले नेता बिष्णु रिमालले जानकारी दिनुभयो । ओलीलाई त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा
एमालेका नेताहरु र चिनिया राजदूतावासका अधिकारीहरुले विदाई गर्नु भएको थियो ।