बाग्लुङ्गको ग्वालीचौरमा जीप दुर्घटना हुँदा ४ जनाको घट्ना स्थलमै मृत्यु ६ जना घाइते

922
views

नवदृष्टि संवाददाता
बाग्लुङ्ग ९ साउन । बाग्लुङ्गको ग्वालीचौरमा जीप दुर्घटना हुँदा ४ जनाको घट्ना स्थलमै मृत्यु भएको छ भने ६ जना घाइते भएका छन । ध १ ज १८४ नम्बरको जीप बडिगाड गाँउपालीका वडा नम्बर ५ ग्वालीचौर वादिपमा दुर्घटना भएको हो । उक्त जीप जलजलाबाट आएको थियो । प्रंहरी चौकी खारका
अनुसार बादिपमा गाडी करिब ७ सय मिटर तल खसेको छ ।
उक्त जीपमा मालीक सहित ११ जना सवार रहेका थिए । चालकको पनि मृत्यु भइसकेको छ । मृतक र घाइतेको परिचय खुल्न बाँकी रहेको छ ।
घाइतेहरुलाइ घट्।नास्थलमै प्राथमिक उपचा भइरहको र अन्य ठाँउमा लैजाने तैयारी भइरहेको खार प्रहरी चौकीले जनाएको छ ।
गाडी ओरालोमा अड्याउनको लागि ओट लगाउने क्रममा दुर्घटना भएको थियो ।