फेरि गयो दोलखामा भुकम्प

782
views

दोलखा ९ श्रावण दोलखाको खोलाखर्क केन्द्रविन्दु भई गोरखा भूकम्पको परकम्प गएको छ । आज बिहान १० बजेर २९ मिनेट जाँदा ४ रेक्टर स्केलको परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
दोलखा र रामेछापको आसपास केन्द्रविन्दु रहेकाले रामेछापमा ठूलोे धक्का महसुस भएको जनाइएको छ । २०७२ वैशाख १२ को गोरखा भूकम्पपछि हालसम्म चार रेक्टर स्केल भन्दा माथिका ४८४ परकम्प गएको विभागका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए।