काँग्रेस केन्द्रीय समिति बैठकमा सभापति देउवालाई यस्तो एउटा महत्वपूर्ण सुझाव

624
views

काठमाडौं ९ साउन । नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक राजधानीमा २ दिनदेखि लगातार जारी छ । बैठकमा स्थानीय निर्वाचनको समीक्षा,सरकार विस्तार, संविधान संशोधन लगायतका विषयहरुमा चर्को बहस चलिरहेको छ ।
बैठक जारी रहिरहेका बेला कांग्रेसलाई कसरी अब्बल दर्जाको पार्टी बनाउन सकिन्छ भन्ने विषयमा काँग्रेस निटक जनता र कार्यकर्ताहरुले सुझाव दिइरहेका छन् ।
स्थानीय चुनावमा अपेक्षित मत परिणाम ल्याउन नसकेको काँग्रेसले आगामी चुनावमा कसरी अघि बढ्ने र मुलुकको पहिलो पार्टी हुने भन्ने विषयमा गम्भीर समीक्षा गरिरहेको छ ।
बैठकमा नेतृत्वबीच आरोप–प्रत्यारोप चलिरहेका बेला सो पार्टीका नेता–कार्यतकर्ताहरुले पार्टी नेतृत्व र उसले गरेका कमजोरी र सुधार्नुपर्ने भन्दै सुझाव दिइरहेका छन् । पार्टी स्थानीय चुनावमा के कारणले पछि पर्यो र त्यसलाई कसरी सुधार गर्न सकिन्छ रु अनि कांग्रेसलाई कसरी मुलुककै पहिलो पार्टी निर्माण गर्न सकिन्छ रु भन्ने सम्मका सुझावहरु आइरहेका छन् ।
यसैक्रममा काँग्रेस सभापति शेरबहादुर देउवालाई एकजना सर्वसाधारणले निकै घतलाग्दो र मार्मिक सुझाव दिएका छन् । मुलुकको प्रधानमन्त्री समेत रहेका देउवालाई उनले राखेको केन्द्रीय समिति बैठकको तस्वीरमा कमेन्ट लेख्दै नारायणप्रसाद पौडेलले यस्तो प्रतिक्रिया दिएका छन् ।
काँग्रेस कसरी पहिलो पार्टी हुन्छ रु
नेतृत्व अत्यन्तै निकम्मा छ । सभापति गुटबन्दी मै रमाउछन । पदाधिकारीहरु कमजोर छन । अध्ययन चिन्तन मनन गर्ने नेता छैनन । पार्टीमा अभिलेख प्रणाली छदैछैन ।प्रभावशाली नेताका अनेकौं गुट उपगुटहरु छन ।
पार्टी अनुशासन शुन्य छ । कोहि रामराजा प्रसाद सिंह भन्दा बढी गणतन्त्रबादी छन । कोहि कमल थापा भन्दा बढी राजाबादी ।मधेस नीति देखि बिदेश नीति सम्म के हुनुपर्छ रु कसैलाई मतलब छैन ।
सभापति र अन्य नेताहरूले प्रतिपक्षीले झुटो आरोप लगाउदा समेत प्रतिवाद गर्ने क्षमता राख्दैनन ।प्रायःजसो युवा नेताहरू झन थकित छन र कुन नेताको घरमा जादा र कसलाई चाकरी गर्दा भबिष्य सुरक्षीत हुन्छ भन्ने मात्र ध्यान छ ।
अझै कार्य समितिले पुर्णता पाएको छैन । ४२ वटा बिभागमा एउटा पनि गठन भएको नै छैन । भातृ संघसंगठनका कार्यकर्ता खिया लागेको हतियार जस्ता छन ।पार्टीको बुद्धिजीवी वर्ग बिकाउ र लोभलालच मै ब्यस्त छन । कसैले कसैलाई टेर्दैनन ।केन्द्रदेखि जिल्ला र क्षेत्रका नेताहरूले टिकट वितरण मै पैसा खाने गरेको कुरा कार्यकर्ताले बताउछन ।
घात र अन्तरघात त काँग्रेसको जन्मसिद्ध सस्कार नै भएको छ । कैयौ जिल्लामा त केन्द्रिय नेता र साम्सद भएको ब्यक्ति नै पार्टीको उम्मेदवार हराउन दिलोज्यान लागेका छन ।टिकट पाएकोलाई घर घडेरी नै मासिने गरेर खर्च गराउन पार्टीकै नेता र कार्यकर्ता लाग्दछन । चन्दा, सहयोग र लेबि उठाउने चलन नै छैन ।
नेताले आर्थिक सहयोग त के उम्मेदवारलाई फोन समेत गर्दैनन । जति चुनाव नजिकै आउछ उति उम्मेदवार एक्लै हुन्छन ।अनि कसरी काँग्रेस पहिलो पार्टी हुन्छ त रु धन्न बिपि, गणेशमान, सुबर्ण, किसुनजी, गिरिजाबाबु, महेन्द्र नारायण, शैलजा, भिमबहादुर लगायतको नाम र पुरानो इतिहासले गर्दा केही नागरिकको माया पाएर दोश्रो हुन सकेको छ ।