सत्तरी हजार बाह्य पर्यटकले गरे म्याग्दीका पर्यटकिय स्थलको भ्रमण

905
views

नवदृष्टि संवाददाता
पर्वत, १०, श्रावण । अमेरिका, बेलायत, जर्मन, अष्टेलिया, भारत, दक्षिण कोरिया, चीन, मलेसिया, थाइल्याण्ड लगायत देशका नागरिकहरु म्याग्दीका पर्यटकिय स्थलको भ्रमणमा आएका छन् । आर्थिक वर्ष २०७३ र ७४ मा ७० हजार बाह्य पर्यटकले जिल्लाका विभिन्न पर्यटकीय स्थलहरुको भ्रमण गरेका हुन् । घोडेपानी पर्यटक चौकी, बेनी, भुरुङ तातोपानी र दरवाङस्थित प्रहरी चौकीले जिल्ला भित्रिने र बाहिरिने पर्यटकको तथ्याँक राख्ने गरेका छन् ।

मुस्ताङको प्रवेशद्वारको रुपमा रहेको म्याग्दीमा धौलागिरि र अन्नपूर्ण हिमाल आरोहण, प्राकृतिक तातोपानी कुण्ड, घोडेपानी, पुनहिल, खोप्रा, अन्नपूर्ण धौलागिरि, धौलागिरि सेञ्चुरी, धौलागिरि चक्रिय, धौलागिरि आइसफल, टोड्के, रुप्से झरना, अन्धगल्छी, गलेश्वर, बेनीबजारलगायत ठाउँको भ्रमणका लागि यहाँ पर्यटक आउने गरेका छन् । घोडेपानी होटल व्यवस्थापन उपसमितिका अध्यक्ष जुनबहादुर पुन भूकम्प र नाकाबन्दीका कारण थलिएको पर्यटन व्यवसाय पुरानै लयमा फर्किएको बताउनुहुन्छ । अमेरिका, बेलायत, जर्मन, अष्टे«लिया, भारत, दक्षिण कोरिया, चीन, मलेसिया, थाइल्याण्डलगायत देशका नागरिक यहाँ भ्रमणमा आउने गरेका छन् ।

आव २०७२ र ७३ को तुलनामा २०७३ र ७४ मा २६ हजार बढी पर्यटकले जिल्लाको भ्रमण गरेका छन् । जिल्ला प्रहरी कार्यालयको तथ्याँक अनुसार २०७३ को साउनदेखि २०७४ असारसम्म ६९ हजार ८३७ जनाले जिल्लाको भ्रमण गरेका थिए । आ.व. २०७२ र ७३ मा ४३ हजार ६३२ पर्यटकले भ्रमण गरेका थिए ।