टेकराज भण्डारी र सुरज थापाले कम्मर भाँचिदिएपछि…

1998
views

नवदृष्टि संवाददाता
पर्वत, १०, श्रावण । अवसर डिजिटल प्रा.लि.को प्रस्तुतिमा टेकराज भण्डारी र सुरज थापाको संयुक्त तिज कोसेली ‘भाचिदेउ कम्मर’ https//:youtu.be/8NFAFzLrAoY बजारमा आएको छ । तिजको अवसरमा आएका भड्किला र रत्यौली भाकालाई माथ गर्ने गरी आएको ‘भाँचिदेउ कम्मर’ ले शालिनता र वास्तविकतलाई उजागार गरेको कलाकार टेकराज भण्डारी बताउँछन् । बजारमा आएका गितहरुको चर्चा परिचर्चा भन्दा पनि सबै नेपालीलाई साँच्चै तिजको अनुभुति गराउने गरी ‘भाँचिदेउ कम्मर’ बजारमा ल्याएको भण्डारीका भनाई छ । ‘हामीले संयुक्त रुपमा बजारमा ल्याएको तिज गित ‘भाँचिदेउ कम्मर’ मार्मिक र गहन छ, जसले हरेक नेपालीलाई हरितालिका तिजको अनुभूति गराएको कलाकार सुरज थापाले बताए ।’
उक्त तिज गितमा लय धर्मराज गिरी, स्वर टिका पुनको रहेको छ । गितमा शब्द शक्तिराम दसौदीले भरेका छन् । उक्त गितको म्युजिक भिडियोमा अभिनय विवश÷जीनाले गरेका छन् भने छायाँकन राहुल राई र निर्देशन मन्दिप रानाले गरेका छन् ।
उक्त तिज गितमा छनौट भएका शब्द मार्मिक, लयमा मिठासपन भेटिनुको साथै बहुचर्चित कलाकारको स्वरमा सजिएकोले सबै नेपालीको प्रतिनीधत्व गर्ने गित रहेको अवसर डिजिटल प्रा.लि.का सञ्चालक एवं चर्चित कलाकार अमिर सुवेदी बताउँछन् ।