मल्याङदीमा मोटरेवल पुल सम्पन्न

984
views

महेन्द्र जिसी
पर्वत, १०, श्रावण । कुश्मा नगरपालिका १४ र फलेवास नगरपालिका–३ को मल्याङ्गदी खोलामा मोटरेवल पुल निर्माण कार्य सम्पन्न भएको छ । पुलले दुई नगरपालिकाका दर्जनौ गाविसबासी लाभान्वित भएका छन् ।
फलेवास नगरपालिकाको शकंरपोखरी कुश्माको कटुवाचौपारी जोड्ने गरी मल्याङदी खोलामा बनेको मोटरेवल पुलले दक्षिणी तथा उत्तरका बासीन्दाहरुलाई राजमार्गसँग जोडेको छ । उक्त पुल निर्माणपछि कुश्मा फलेवासको यात्रा समेत छोटिनुको साथै पुरानो पदैल मार्ग कुश्मा ठुलीपोखरी कार्कीनेटा थापाठाना फेदी समेत समेटीएको छ ।स्याङजाको पुतलीबजार देखी कुश्मा सदरमुकामसम्म जोडीएको एतिहाँसिक पैदल मार्ग अब सहज हुने भएको छ । पुल नहुदाँ बर्षायामको समयमा निकै जोखिम यात्रा गदै आएका स्थानीय पुल बनेपछि यात्राको केही जोखिम हटेको स्थानीय डिल्ली लामागादेको भनाई छ ।
खोलामा बाढी आउँदा सवारी सञ्चालन अबरुद्ध हुने गरेको थियो । पुल सञ्चालनमा आएसँगै फलेवास कुश्मा नगरपालिकाका दर्जन वडाका बासीन्दाहरुलाई सहज हुने भएको हो । पुल निर्माण पछि पोखरा बाग्लुङ राजमार्ग देखी शकंरपोखरी, भगंरा, थापाठाना र कार्कीनेटाको यात्रा सहज भएको छ ।