अल्ट्राधावकको शव नेपाल ल्याइयो, प्युठानमा अन्त्येष्टी

683
views

काठमाडौं – झण्डै २० हजार तीन सय १० फिट उचाई रहेको हिमाल आरोहणको क्रममा हाई अल्टिच्युटका कारण गत असार २ मा अमेरिकामा निधन भएका अल्ट्राधावक सञ्जय पण्डितको शवलाई नेपाल ल्याइएको छ । झण्डै ४० दिनमा नेपाल ल्याइएको उनको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप) मा राखिएको छ । वासिङटन डिसीस्थित नेपाली दुतावासको पहलमा उनको पार्थिक शरीर नेपाल ल्याइएको हो । झण्डै २० हजार तीन सय १० फिट उचाई रहेको हिमाल आरोहणको क्रममा हाई अल्टिच्युटका कारण पण्डितको निधन भएको थियो ।
नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, गगन थापा माओवादी नेता एवं गृहमन्त्री जनार्दन शर्मा एवं खेलाडीहरु राखेप परिसर पुगेर उनलाई अन्तिम श्रद्धान्जलि दिएका छन् ।
अलास्का राज्यस्थित उत्तर अमेरिकाको सबैभन्दा ठूलो हिमाल डेनालीको आरोहणको क्रममा धावक पण्डितको निधन भएको थियो । उनी एभरेष्ट टु डेनाली २०१७ अभियान अन्तर्गत डेनाली हिमाल आरोहण गर्न गएका थिए । उनको शव आजै प्युठान लगेर टिकुरीमा अन्त्येष्टि गरिँदैछ ।