साझा र विवेकशील पार्टीबीच पाटी एकता

1272
views

काठमाडौं, ११, श्रावण । पत्रकार रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टी र उज्ज्वल थापा नेतृत्वको विवेकशील नेपाली दल बीच एकता भएको छ । पार्टीको नाम ‘विवेकशील साझा’ पार्टी भएको छ । पार्टी एकतापछि सामूहिक नेतृत्व अपनाउने नीति भएको छ । पार्टी नेतृत्वका लागि ८ जनाको संयोजन समिति समेत बनेको छ भने रवीन्द्र मिश्र र उज्ज्वल थापा सह–संयोजक बनेका छन् । पार्टी बैठकको अध्यक्षता भने रवीन्द्र मिश्रले गर्ने छन् ।

पार्टीको नेतृत्वका लागि बनेको संयोजन समितिमा गोविन्द नारायण, मुमाराम खनाल, सूर्यराज आचार्य, रमेश पौडेल अनुषा थापा, निरुपमा यादव रहेका छन् । बुधबार राजधानीको नयाँ बानेश्वरस्थित होटलमा दुई पार्टीबीच एकता घोषणा भएको हो । दुई पार्टीका १७–१७ जना गरी अहिले ३४ जनाको केन्द्रीय कार्यसमिति बनाइएको छ । महाधिवेशन गरेर पार्टीको नेतृत्व चुन्ने घोषणा एकता सभामा गरेको छ ।