क्षेत्र निर्धारण आयोगलाई हस्तक्षेपमुक्त रहन एमालेको ध्यानाकर्षण, पर्वत र मुस्ताङमा जिसस प्रमुख र उपप्रमुखको टुंगो

1304
views

पर्वत,, १२ श्रावण । नेकपा एमालेले पर्वत जिल्लाको जिल्ला समन्वय समितिको प्रमुखमा मनोहर वि.पौडेल र उपप्रमुखमा यमकुमारी रानालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यसैगरी मुस्ताङ जिल्लामा छिरिङ ल्हामु गुरुङ प्रमुख र रिञ्जिन नाम्गेल गुरुङलाई उपप्रमुखको उम्मेदवार बनाउने निर्णय पनि गरेको छ । कार्यबाहक अध्यक्ष वामदेव गौतमको अध्यक्षतामा आज बिहिबार बसेको एमाले स्थायी कमिटी बैठकले जिल्ला समन्वय समिति पर्वत र मुस्ताङको प्रमुख तथा उपप्रमुखको उम्मेदवार टुंगो लगाएको जानकारी गराएको छट ।
बैठकले निर्वाचन क्षेत्र निर्धारण गर्दा अनुचित राजनीतिक हस्तक्षेप, स्वार्थ र दबाबबाट मुक्त रहन र समयमै काम सम्पन्न गर्न निर्वाचन क्षेत्र निर्धारण आयोगको ध्यानाकर्षण समेत गराएको छ ।
सरकारले निकै ढिलो गरेर निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरेकोले त्यससम्बन्धी काम निर्धारीत समयमा सम्पन्न हुन नसकेर २०७४ माघ ७ भित्रै तीनै तहको निर्वाचन सम्पन्न गर्नुपर्ने संबैधानिक दायित्व पुरा नहुने हो कि भन्ने आशंका पनि बैठकले व्यक्त गरेको सचिव प्रदीप ज्ञवालीद्धारा जारी विज्ञप्तीमा जनाईएको छ ।