एमालेमा बहुमतको घमण्डः कार्यविधि रोकियो,बजेट अन्यौलमा, प्रशासकिय काममा समस्या

1360
views

महेन्द्र जिसी
पर्वत, १२, श्रावण । स्थानीय निकायमा बहुमत भएको भन्दै नेकपा एमाले पर्वतले नमुना कार्यविधि पारीत गर्न नमानेपछि कुश्मा नगरपालिकाको परिषदमा अन्यौलता छाएको छ । मुख्य पार्टीको अवरोधका कारण कुश्मा नगरपालिकाको बजेट अलपत्र बनेको हो । असार मसान्तभित्रै नगरसभा हुनुपर्ने कार्यविधि भएपनि कार्यविधि नै नमानेपछि नगरको बजेट तथा कार्य नी»ति अन्योलमा परेको छ । मेयर र उपमेयरमा कांग्रेस तर कार्यपालिकाको बहुमतमा एमाले भएपछि बहुमतको धाकमा एमालेले नमूना कार्यविधि पारित गर्न मानेको छैन् । जसका कारण नीति तथा कार्यक्रम रोकिएका छन । नगरप्रमुखलाई कार्यविधिले बढि अधिकार दिएको भन्दै नगर कार्यपालिकाका प्रतिनिधीहरुले लगातार विरोध गर्दै आएका छन । पटकपटक वैठक बसेपनि एमालेका प्रतिनिधीले नमूना कार्यविधि नै लागु गर्न नदिएपछि नगरपालिकाको नगरसभा अन्योलमा परेको हो । कार्यविधि स्थानीय विकास मन्त्रालयले सबै स्थानीय तहलाई पठाएको छ । उक्त कार्यविधि देशभरि लागु भएपनि कुश्मानगरपालिकामा एमाले प्रतिनिधीले लागु गर्न नदिने अडान लिँदा बजेटवारे छलफल नै हुन सकेको छैन ।
नगर कार्य सञ्चालन नियमावली–२०७४ मा उल्लेख भएको अधिकार कटौती गर्न नमिल्ने व्यवस्था भएपनि निर्वाचित जनप्रतिनिधिहरुले अधिकार कटौतीको माग गरेका कारण नगर सभाको कुनै मिति समेत तय हुन सकेको छैन । कुश्मा नगरपालिकाकोका कार्यालयले नगर सभाको बातावरण तयार रहको जनाएको छ । नगर प्रमुख रामचन्द्र जोशीले नगर सभा सहितका अन्य कार्य गर्न वातावरण तयार गरेको बताउनु भयो । जोशीले विमतिका विषयमा छलफल मार्फत समाधान निकाल्ने प्रयास गरिरहेको जानकारी दिनुभयो । जोशीले बहुमतका आधारमा अडान लिने र रोक्ने हो भने नगरपालिकाका कामहरु अन्यौलमा पर्ने बताए ।
जोशीले पर्वतका ६ वटा स्थानीय तहमा मान्य हुने कार्यविधि कुश्मानगरपालिकामा कार्यान्यवन गर्न नदिएर विकास रोक्नु नियमसंगत नभएको बताउनु भयो ।
१७ सदस्यीय कुश्मा नगरपालिकामा नेपाली काँग्रेस प्रमुख र उपप्रमुखसहित सात जना र नेकपा एमालेका १० जना सदस्य छन् । नगर सभाको टुङगो नलाग्दा कर उठाउनका लागि अघिल्लो वर्षकै नीति पारित गरेपनि आर्थिक ऐन, बजेट बिनियोजन बिधेयकसहित कानुन पारित नहँुदा प्रशासनिक कार्यमा समेत समस्या देखीन थालको कुश्मा नगर पालिकाको कार्यालयले बताएको छ ।