वैदेशिक रोजगारीमा ठग्नेलाई तह लगाउने गृहमन्त्रिको यस्तो छ तयारी

1340
views

नवदृष्टि संवाददाता
काठमाण्डौ, १२, श्रावण । संसदको अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिको बैठकमा गृहमन्त्री जनार्ददन शर्माले वैदेशिक रोजगारीमा हजारौँ युवाहरु ठगिएको भन्दै उनीहरुको समस्या समधानका लागि प्रहरीको ‘स्पेसल फोर्स’ बनाउने बताएका छन् । गृहमन्त्रि शर्माले यसका लागि छुट्टै फोर्स गठनको तयारी गरिरहेको समेत बताए । उनले भने ‘वैदेशिक रोजगारीका क्रममा ठगिएका र दुःख पाएकाहरुको समस्या समधान गर्न स्पेशल फोर्सको आवश्यकता रहेको छ ।’
‘रोजगारीको सिलसिलामा विदेश जाने पुवाहरुलाई ठग्ने क्रम बढेको छ’, उनले भने, ‘त्यस्ता ठग र दलालहरुलाई तह लगाउन र विदेशमा अलपत्र परेकाहरुलाई उद्धार गर्न प्रहरीको विशेष फोर्स बनाएर परिचालन गर्छौ ।’
मन्त्री शर्माले विशेष व्युरोलाई वैदेशिक रोजगारीको सिलसिलामा दुःख पाएकाहरुको समस्या समाधान गर्ने जिम्मा दिइने र धेरै नेपाली कामदार भएको ठाउँमा प्रहरी अधिकृत नै पठाएर समस्याको समधान गर्नेबारे मन्त्रालयले तयारी थालेको जानकारी दिए । सरकारले उचित तयारी गर्न नसक्दा कामका लागि विदेश जानेहरु दलालको फन्दामा परेको बताए। उनले भने, ‘सरकारले उचित तालिम, प्रशिक्षण र जानकारी दिन नसक्दा हाम्रा श्रमिक दाजुभाइहरु दलालको फन्दामा परेका छन्।’ उनले म्यानपावर कम्पनीले पनि दलाल मार्फत आएका कामदारहरुलाई प्राथमिकता दिने हुँदा श्रमिकहरु दोहोरो शोषणमा परेको उनको भनाइ थियो ।
सरकारले फ्रि भिषाको प्रावधान ल्याए पनि त्यसको अनुगमन गर्न नसक्दा दलालहरुले भिषा बेचेर खाएको उनको आरोप थियो । उनले भने, ‘हामीले फ्रि भिषा त भन्यौ तर त्यसको नियमन गर्न सकेनौँ’ ‘हामी कमजोर हूँदा दलालहरु त्यही भिषा बेचेर खाइरहेका छन् ।’ उनले दलालहरुले बाहिर देखाउन १० हजारको बिल बनाए भित्रभित्रै लाखौँ असूल्ने गरेको खुलासा गरे ।