यी हुन पाकिस्तानका नयाँ प्रधानमन्त्री

744
views

काठमाण्डौ । मुस्लिम लिग नवाजले शहिद खकान अब्बासीलाई नयाँ प्रधानमन्त्ती बनाउने निर्णय गरेको छ । उनी अन्तरिम कालका लागि प्रधानमन्त्री निर्वा्चित हुने पाकिस्तानी जीइओ न्यूजले जनाएको छ । उनी सो पार्टी भित्र विवादरहित नेता मानिन्छन् । पार्टीले निर्णय गरेपछि राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गरेको सूचना शनिवार नै दिने बताइएको छ ।
सन २०१३ को जुन ७ मा पेट्रोलियम तथा प्राकृतिक स्रोतमन्त्री हुनु भएका शहिद खकान अब्बासी पाकिस्तानको नयाँ प्रधानमन्त्री हुन लागेका हुन । सन २००८ मार्च ३१ देखि मइ १३ २००८ सम्म उनी बाणिज्य मन्त्री थिए ।
पाकिस्तानको सर्वोच्च अदालतले शुक्रबार प्रधानमन्त्री नवाज सरिफमाथि भ्रष्टाचारको आरोपलाई लिएर प्रधानमन्त्रीको पदमा बस्न अयोग्य घोषणा गरेपछि उनी पदमुक्त भएका थिए । प्रधानमन्त्री सरिफले शुक्रबार नै राजीनामा दिएका थिए ।
सरिफ भ्रष्टाचारको आरोपमा दोषीभन्दा पनि संलग्नता ठहर गरेपछि पदमुक्त भएका हुन । सरिफले आफू माथि अन्याय भएको बताएका छन् ।
सर्वोच्च अदालतका न्यायाधीश एजाज अफताल खानले उनलाई संसदको सदस्यका रूपमा रहिरहन पनि अयोग्य ठहर गर्दै पदमुक्तिका लागि निर्वाचन आयोगलाई समेत आदेश दिएको थियो ।
लामो समयदेखि चर्चामा आइरहेको पानामा पेपर्समा सार्वजनिक भएको सूचनाअनुसार लाभप्रद व्यवसायमा देशबाहिर परिवारको संलग्नतामा लगानी गरेको र त्यसको विवरण आफ्नो सम्पत्ति विवरणमा नदेखाएको आरोप उनी माथि थियो ।
पाकिस्तानमा अहिलेसम्म कुनै पनि प्रधानमन्त्रीले आफ्नो पाँचवर्षे कार्यकाल पूरा गर्न सकेका छैनन् । धेरैजसो प्रधानमन्त्रीका कार्यकाल पूरा हुनुपूर्व नै सेना वा अदालतको हस्तक्षेपमा बाहिरिनुपरेको पाकिस्तानी इतिहास छ ।
पाकिस्तानको ७० वर्षको इतिहासमा सरिफ अदालतद्वारा अयोग्य घोषित हुने दोस्रो वहालवाला प्रधानमन्त्री हुन । पाकिस्तानको अदालतले सन् २०१२ मा तत्कालीन प्रधानमन्त्री युसुफ राजा गिलानीलाई पनि सत्ताको नेतृत्व सम्हालेकै समयमा तत्कालीन राष्ट्रपति असिफ अली जर्दारीविरुद्ध भ्रष्टाचार आरोप लगाउन नमानेको निहूँमा अदालतले मानहानीको आरोपमा अयोग्य घोषणा गरेको थियो । अन्नपूर्ण पोष्ट