चीनले श्रीलंकाको हम्बन्टोटा बन्दरगाह सञ्चालनमा ल्याउने

1860
views

काठमाडौं । चीनले श्रीलंकाको दक्षिणी हम्बन्टोटा बन्दरगाहको विकास गरी सञ्चालनमा ल्याउने भएको छ । यसको लागी श्रीलंकाले चीनसँग १।१ बिलियन अमेरिकी डलरको सम्झौता गरेको छ । सम्झौताअनुसार चिनियाँ सरकारी कम्पनीले बन्दरगाह ९९ वर्षसम्म सन्चालन गर्ने जनाइएको छ ।श्रीलंकाली सरकारले सम्झौताबाट प्राप्त हुने रकम विदेशी ऋण पुनः तिर्न मद्दत पुग्नेसमेत जनाएको छ । सन् २००९ मा श्रीलंकाको २६ वर्षे गृहयुद्ध अन्त्यपछि त्यहाँको भौतिक संरचना निर्माणमा चीनले लाखौं डलर लगानी गरिरहेको छ । चिनियाँ कम्पनीले प्रयोग गर्ने जमिनमा बस्दै आएका हजारौं जनतालाई श्रीलंकाली सरकारले नयाँ जमिन दिने जनाएको छ ।