यि हुन नेपालको अग्लोपुलबाट आत्महत्या गर्ने युगल जोडि (अपडेट)

1175
views

दिपसागर पौडेल
पर्वत, १५, श्रावण । नेपालकै अग्लो झोलङ्गे पुलबाट हामफाल्ने युगल जोडिमध्ये धरान उपमहानगरपालिका–११ बर्ष २६ का अंकित गुरुङ र ललितपुर उपमहानगरपालिका–१४ ढिलाहिटी बर्ष २५ की मुना राना रहेको प्रहरीले जनाएको छ ।
घुमघामको लागि आएको उक्त युगल जोडी शनिवार राती नेपालकै अग्लो पुलबाट हाम फालेर आत्महत्या गरेका थिए । शनिवार बेलुका ज्ञादी साईडको एक होटलमा चिसो खाँदा निकै हर्षित देखिएको बताईने उक्त जोडीले करीब ९ बजेको समयमा कुश्मा–ज्ञादी झोलुङ्गेपुलबाट हाम फालेको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक मधुकर विष्टले जानकारी दिए । विष्टले भने ‘शनिवार ज्ञादी साईडको स्थानीय एक पसलमा चिसो तथा खाजा खाँदा निकै हर्षित बनेको उक्त जोडी बेलुका हाम फालेपछि घटना आश्र्चयमय बनेको हो ।’ पुलमा रहेको उनीहरुको सामान देखेपछि हाम फालेर आत्महत्या गरेको हुनसक्ने अनुमानका आधारमा उनीहरुको खोजी गरिएको र विहान मोदीको किनारमा जोडीको शव भेटिएको विष्टले जानकारी दिए ।