‘ढल्कीने जवानी’ तिज गितको म्युजिक भिडियो सार्वजानिक

1427
views

पर्वत । हाँस्य कलाकार निर्मल पौडेल (एन.पी.घायल) र सञ्चारकर्मी अर्जुन थापाको ‘ढल्कीने जवानी’  गितको म्युजिक भिडियो सार्वजानिक भएको छ । गतबर्ष सार्वजानिक भएको उक्त गितका म्युजिक भिडियो भर्खरै दर्शक तथा श्रोत माझ आएको हो । सञ्चारकर्की अर्जुन थापा र पछिल्लो समयकी चर्चित गायिका बिन्दु सुनारको स्वरमा उक्त गित बजारमा आएको हो । दिलिप थापाको संगित रहेको उक्त गितकाे शव्द निर्मल पौडेल (एन.पी.घायल) ले भरेका हुन् । पौडेलले आधा दर्जन गितमा शव्द सृर्जना गरिसकेका छन् । केही समय पहिला सञ्चारक्षेत्रमा क्रियाशिल पौडेल पछिल्लो समयमा हाँस्य क्षेत्रमा चर्चित छन् । आशिष म्युजिक प्रा.लिद्धारा बजारमा आएको गितलाई म्युजिक नेपाल नामक युट्युव च्यानलवाट सार्वजानिक गरिएको हाे । म्युजिक भिडियोमा म्युजिक भिडियो सञ्चारकर्मी एवं कलाकार एवं मोडल अर्जुन क्षेत्रीको अभिनय रहेको छ । मोडल अर्जुन क्षेत्री लथालिङ्ग सिरियलमा झिरेल असईको अभिनयबाट ख्याती कमाएका कलाकार हुन् भने रुपा थापा, हुमन थापा मगरले समेत अभिनय गरेका छन् । हाँस्य शृङखला समेत रहेकाे उक्त गितमा निर्मल पौडेल  ‘तिर्खे र सन्दिप पाठक ‘मुसे’ ले हसाउँने अभिनय गरेका छन् । ‘ढल्कीने जवानी’ को म्युजिक भिडियोलाई लोभलाग्दो बनाउने काम निर्देशक निर्मल पौडेल (एन.पी.घायल) ले गरेका हुन् ।