जिसस पर्वतमा एमालेको प्यानलै विजयी

681
views

पर्वत १७ साउन । जिल्ला समन्वय समिति पर्वतमा एमालेको प्यानलै विजयी भएको छ । जिससको प्रमुखमा एमालेका उम्मेदवार मनोहर वि पौडेल र उपप्रमुखमा याम कुमारी राना बिजयी हुनुभएको छ ।
मंगलवार भएको निर्वाचनमा पौडेलले ८ मत प्राप्त गरी बिजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्धन्द्वी नेपाली काँग्रेसका उम्मेदवार परशुराम पुरीले ६ मत प्राप्त गर्नुभएको थियो । उपप्रमुखमा नेकपा एमालेकै यामकुमारी राना पनि ८ मत प्राप्त गर्नुभएको थियो । उहाँका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका उम्मेदवार लालकुमारी सिकेले ६ मत प्राप्त गरी पराजय हुनुभएको छ । समन्वय समितिका अन्य सात सदस्य पनि एमालेलेनै जितेको छ । बिजयी सदस्यहरुमा ज्ञानबहादुर भण्डारी, बिष्णुराम बिक, कबिता बिक, नन्दलाल सुबेदी, ओमप्रसाद रेग्मी, बिष्णुमाया पौडेल, र शर्मिला नेपाली रहेका छन् ।
समन्वय समितिको निर्वाचनमा जिल्लाका सात स्थानिय तहका प्रमुख र उपप्रमुख गरी १४ जना मतदाताले सहभागिता जनाएका थिए । बिजयी भएका उम्मेदवारहरुले आजै सपथ तथा पदभार ग्रहण गरेका छन् ।