भारतका रेलबाट बर्षेनी हजारौ बालबालिका बेपत्ता

641
views

लण्डन, १७, श्रावण  । भारतको विभिन्न क्षेत्रमा फैलिएको रेल मार्गबाट बार्षिक रुपमा हजारौ बालबालिका हराउने गरेको तथ्य सार्वजनिक भएको छ । संरक्षक नामक संस्थाले आइतबार सार्वजनिक गरेको प्रतिवेदनमा यस विषयलाई निकै संबेदनशिल विषयमा रुपमा लिनु पर्ने उल्लेख गरिएको छ । पूर्बी भारतको कलकत्तामा पर्ने सेल्डाह रेल मार्गबाट बालबालिकाहरु अपहरित हुने क्रम बढेको पाइएको छ । भारतको सवै भन्दा बढी व्यस्त मध्येको एक र देशव्यापी फैलिएको उक्त रेल मार्गबाट सन् २०११ मा १५ हजार दुई सय ८४ जना बालबालिका हराएका बताइएको छ । सन् २०१५ मा रेल, रेलमार्ग र रेलस्टेशन वरपरबाट ४१ हजार आठ सय ९३ जना बालबालिका हराएको प्रतिवेदनमा उल्लेख छ । गरिबीका र पारिवारिक हिंसाका कारण सेल्दाह रेलस्टेसन वरपर पुग्ने गरेका र केही समय त्यहाँ बसेपछि उनीहरू त्यहाँबाट हराउने गरेको दावी प्रतिवेदनमा छ ।