करेन्ट लागेर झापामा एक व्यक्तिको मृत्यु

576
views

झापा १९ साउन । करेन्ट लागेर आज बिहान झापामा एक व्यक्तिको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बिर्तामोड नगरपालिका–६ बुट्टावारी निवासी २३ वर्षीय सन्देश राई रहेका छन् । उनलाई आज बिहान मल्टिप्लक जोड्ने क्रममा करेन्ट लागेको र उपचारका लागि कनकाई अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी निरीक्षक ज्ञानबहादुर विष्टले जानकारी दिनुभयो ।