कक्षा १२ विज्ञानमा ७९ दशमलव ४४ प्रतिशत उत्तीर्ण

722
views

काठमाडौं,२०, श्रावण । राष्ट्रिय परीक्षा बोर्डले वैशाखमा सञ्चालित कक्षा १२ को विज्ञान संकायको परीक्षाफल प्रकाशित गरेको छ । परीक्षा नियन्त्रक डम्बर बतासका अनुसार कक्षा १२ को विज्ञान विषयमा ७९ दशमलव ४४ प्रतिशत उत्तीर्ण भएका छन् । त्यस्तै आंशिकमा ४३ दशमलव ६६ प्रतिशत उर्तिण भएका छन् । विज्ञान विषयमा ५० हजार परीक्षार्थी सहभागी थिए ।
बोर्डका अनुसार नियमिततर्फ ४४ हजार ८ सय ९७ परीक्षार्थीमध्ये ३५ हजार ६ सय ८८ उतिर्ण भएका छन् । १७ जना निश्काष्शित भएका छन् । त्यस्तै आंशिकतर्फ सहभागी ९ हजार ४ सय ८९ मध्ये ४ हजार १ सय ३७ जना उत्तीर्ण भएका छन् । आंशिकमा तीन जना निश्काषित भएका छन् ।