अबिरल वर्षाका कारण पहिरोमा परी ६ जना बेपत्ता

789
views

नवदृष्टि संवाददाता
बाग्लुङ्ग, २०, श्रावण । दुई दिन देखी परेको अविरल वर्षा सँगै आएको पहिरोले गुल्मीको छिमेकी जिल्ला पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन् । ढोरपाटन नगरपालिका वडा नं. – ५ , साविक अधिकारीचौर गाविस वडा नं– ८ पाखापानीमा आज विहान पहिरोले घर पुरिदा एक जनाको ज्यान गएको छ । त्यस्तै स्थानिय होमबहादुर विश्वकर्माको घर भन्दा माथिबाट झरेको पहिरोले घर पुरिदा ५५ बर्षिय होम बहादुर विश्वकर्मा बेपत्ता भएका छन् । अहिले घट

ना स्थलमा ईलाका प्रहरी कार्यलय बुर्तिबाङबाट उद्धार टोली त्यहाँ पुगेको छ ।
बागलुङ जिल्ला निसिखोला गाउँपालिका वडा नम्बर–२ बाहुनगाउँ स्थित घरको माथीबाट पहिरो खस्दा घर पुरिएर सोही घरका मनिमान छन्त्याल उनकी श्रीमती, बुहारी र कान्छी छोरी बेपत्ता भएका छन् । निसीखोला( १ देविस्थानका लालबहादुर सिँजालीको घर पहिरोले बगाउदा एक जना वेपत्ता भएका छन् । यसैगरी निसीखोला( २ उपल्लो बेग्रेका लालसिँह विकको घर पहिरोले पुरेको छ भने मालमेला भन्ने ठाउका प्रेम विकको घर बगाउदा परिवार विस्थापित बनेको झिवाखोला प्रहरी चौकीका प्रनानि रिनबहादुर बैदवारले जानकारी दिएका छन् । त्यस्तै निसीखोला गाउँपालि वडा नं– ४ मा रहेको निसीखोला दोस्रो लघु जलविद्युत आयोजनाको मुहान खोलाले बगाउँदा १ हजार ६५ घरधुरीका उपभोत्ताहरु अँध्यारोमा बस्न बाध्य भएका छन् । हिजो देखि परेको अविरल वर्षको कारण खोलाको बहाव बढेर आएर कुलाको मुहान बगाइदिएको म्यानेजर राम प्रसाद चालिसेले जानकारी दिए । बिद्युत अवरोध हुदा त्यहाँका एक दर्जन भन्दा बढी फर्निचर, ग्रील उद्योग लगाएतका घरेलु उद्योगहरु ठप्प भएका छन् । यसैवीच, निसीखोला किनारमा रहेको देविस्थान स्वास्थ्य चौकी बाढीको उच्च जोखिममा रहेको छ ।