युएसएकेएफ प्रतियोगितामा उज्ज्वल ठकुरीलाई रजत

1483
views

२९ जुलाई २०१७ का दिन अमेरिकाको युएसएकेएफ राष्ट्रिय कराते खेलमा उज्ज्वल ठकुरीले रजत पदक प्राप्त गरेका छन् । डबलट्री होटल कोगर सेन्टर रिचमण्ड भर्जिनयामा सम्पन्न उक्त युएसएकेएफ राष्ट्रिय कराते खेलमा ३५ देखी ४४ बर्षको अग्रिम (एडभान्स)भिडन्त समुहमा उज्ज्वल ठकुरी पहिलो चोटि सहभागि भएका थिए ।उज्ज्वल ठकुरी राष्ट्रिय बिजेतासंग फाइनल खेल पराजित भै दोस्रो स्थान हात पार्दै रजत पदक हात पार्न सफल भएका छन । अमेरिकन कराते महासंघद्वारा आयोजित उक्त खेलमा रजत पदक हात पारेर नेपाल देश चिनाउन सफल भएका हुन् ।
ठकुरीले नास्का र ईस्का अनी कुरोबुशी विश्व वर्ग दर्जा जस्ता करातेमा र एचके ली राष्ट्रिय ताइक्वान्दोमा १६ वटा स्वर्ण पदक प्राप्त गरेका छन् । यसको साथै बिभिन्न क्षेत्र जस्मा ‘काता’ भिडन्त ब्रेअकीङ् अनी स्पेसल प्रदर्शन पाउनुको साथ साथै आफुले नै निर्माण गरेको ‘फाङ् काता’ फाङ् खुकुरी काता” फाङ् ब्रेअकिङ्मा” समेतमा स्वर्ण पदक हात पारी सकेको छन भने २ वटा गिनिस वर्ल्ड रेकर्ड्सको परीणामको पर्खाइमा छन् ।