नुवाकोट प्रहरीद्वारा अवैध रुपमा बालुवा निकाल्न प्रयोग गरिएका स्काभेटरको सामान जफत

877
views

नवदृष्टि संवाददाता
नुवाकोट, २०, श्रावण । नुवाकोट जिल्ला प्रहरी कार्यालयले बेलकोटगढी नगरपालिका–८ स्थित ठुलो खोलामा अवैध रुपमा बालुवा निकाल्न प्रयोग गरीएको स्काभेटरको २ थान ब्याट्रि र २५ लिटर डिजेल बरामद गरेको छ । प्रहरीले स्काभेटरको ब्याट्री, टुलबक्स १ थान र २५ लिटर डिजल बरामद गरेको हो । कार्यालयबाट गएको मोवाईल टोली र प्रहरी चौकी देविघाटबाट खटीएको टोलिले उक्त सामान बरामद गरेको हो ।

नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका–८ स्थित ठुलो खोलामाबालुवा निकाल्न प्रयोग गरीएको स्काभेटरको सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । यस्तै नुवाकोटको लिखु गाउपालिका ३ स्थित पट्टाबारी र मालागाउ गरि ३ स्थानबाट बालुवा निकाल्न प्रयोग गरको ३ वटा स्काभेटरको ६ थान ब्याट्रि र १ थान टुल बक्स ईलाका प्रहरी कायाृलय ढिकुरेबाट खटिएको टोलि र जिल्ला प्रहरी कार्यालयबाट खटीएको मोबाईल टोलिले नियन्त्रन्णमा लिएको छ ।

प्रहरीले नुवाकोट बेलकोटगढी नगरपालिका ८ बुनिबेसी स्थित त्रिसुली खोलाबाट बालुवा निकाल्न प्रयोग गरीएको स्काभेटरको १० थान ब्याट्री, टुलबक्स १ थान र २५ लिटर डिजल बरामद गरी अवश्यक कार्बाहीका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याइएको प्रहरी नायाव उपरिक्षक ऋषिराम कँडेलले बताउनुभयो । स्काभेटरका चालक धनि र संचालनकर्ताहरु फरार भएकोले उनिहरुको पहिचान तथा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।