अपडेट मतान्तर छोट्याउँदै रेणु, २७१ ले मात्रै देवी अगाडी

616
views

चितवन २१ साउन भतरपुर महानगरपालिकाको वडा नं १९ मा रेणु दाहालले मतान्तर घटाउँदै लगेकी छिन् । दुई हजार चार सय मत गणना भइसक्दा नेकपा एमालेका तर्फबाट मेयरका उम्मेदवार देवी ज्ञवाली रेणुभन्दा २ सय ७१ मतले अगाडी छन् । ज्ञवालीले ४१ हजार ७ सय ७४ मत पाएका छन् भने प्रतिस्पर्धी नेकपा माओवादी केन्दकी उम्मेदवार रेणु दाहालले ४१ हजार पाँच सय ३ मत ल्याएकी छिन्।
उपप्रमुखमा भने कांग्रेस उम्मेदवारले जित्ने निश्चित जस्तै देखिएको छ । उपप्रमुखमा कांग्रेसकी पार्वती शाहको ४५ हजार ३ सय ९८ मत आएको छ भने प्रतिष्पर्धी एमालेका उम्मेदवारको ३८ हजार ३ सय ३४ मत आएको छ । प्रमुख तथा उपप्रमुखको मतगणनाका क्रममा राप्रपा तेस्रो नम्बरमा देखिएको छ । १९ वडामा कांग्रेस प्यानल नै अघि देखिएको छ । डेढ घण्टाभित्रै वडा नम्बर १९ को मतगणना सकिने निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।
पहिलो चरणको स्थानीय तहको बैशाख ३१ गते भरतपुर महानगरपालिकामा भएको निर्वाचनको मतगणना हुने क्रममा जेठ १४ गते राति मतपत्र च्यातिएपछि साउन २० गते शुक्रवार वडा नं १९ मा पुन मतदान भएको थियो।
वडा नम्बर २० को मतगणना हुन बाँकी छ ।