भरतपुर १९,मा दुई हजार मत गणना, ४१७ ले रेणु पछाडी

592
views

चितवन २१ साउन भतरपुर महानगरपालिकाको वडा नं। १९ मा दुई हजार मत गणना भइसक्दा नेकपा एमालेका तर्फबाट मेयरका उम्मेदवार देवी ज्ञवालीले ४१ हजार ६ सय ६९ मत पाएका छन् भने प्रतिस्पर्धी नेकपा माओवादी केन्दकी उम्मेदवार रेणु दाहालले ४१ हजार २ सय ५२ मत ल्याएकी छिन्।
रेणुले निरन्तर मतान्तर छोट्याउँदै लगेकी छिन्। अहिले उनी ज्ञवाली भन्दा ४१७ मतले पछाडी छिन्।
१९ नं। वडामा गणना भएको दुई हजार मत मध्ये ज्ञवालीले ६ सय ८९ मत प्राप्त गरेका छन् भने दाहालले १ हजार ५६ मत ल्याएकी छिन्। यहाँ भने दाहालले ३ सय ६७ ले अगाडी छिन्। यो वडामा आठ सय ७० मत गणना गर्न बाँकी छ भने वडा नं। २० को मतगणना सुरु भएको छैन।
पहिलो चरणको स्थानीय तहको बैशाख ३१ गते भरतपुर महानगरपालिकामा भएको निर्वाचनको मतगणना हुने क्रममा जेठ १४ गते राति मतपत्र च्यातिएपछि साउन २० गते शुक्रवार वडा नं। १९ मा पुन मतदान भएको थियो।