भारतीय सैनिकलाई हटाउन दुई हप्ताभित्र मिलिट्री अपरेशन

647
views

एजेन्सी । सिक्किमको डोकलाम क्षेत्रमा भारतसँग जारी विवादका बिच चीनका एक विशेषज्ञले बेइजिङको तर्फबाट सानो सैन्य अभियानको आशंका जनाएका छन् । उनले भने, ‘चीन डोकलाममा लामो समयसम्म गतिरोधको स्थिती बनाइराख्ने अनुमती दिन सक्दैन त्यसकारण त्यहाँबाट भारतीय सैनिकलाई हटाउनका लागि दुई हप्ताभित्र मिलिट्री अपरेशन गर्न सकिनेछ ।’
स्मरण रहोस्, सिक्किम सेक्टरमा भूटान ट्राइजक्शन नजिकै चीन एक सडक बनाउन चाहन्छ र भारत यसको विरोध गरिरहेको छ । करिब दुई महिनादेखि यो इलाकामा भारत र चीनका सैनिक आमने–सामने छन् ।
चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सले शनिबार प्रकाशन गरेको एक लेखमा चीनियाँ विशेषज्ञ हू झियोंन्गले यस्तो बताएका हुन् । पत्रिकाले यो लेखलाई ‘Military clashes possible as border standoff drags on’ टाइटल दिएको छ । जस अनुसार चीनियाँ विशेषज्ञले पछिल्लो २४ घण्टाको क्रममा डोकलाम विवादमा आएका ६ मन्त्री र इन्स्टिट्युशनको बयानपछि सानो मिलिट्री अपरेशनको आशंका जनाएको छ ।
हू झियोंन्ग सांघाई एकेडेमी अफ सोसल साइन्सका इन्स्टिच्युट अफ इन्टरनेशनल रिलेसन्समा अनुसन्धानकर्ता हुन् । उनका अनुसार चीन आफ्नो सैन्य अभियान सुरु गर्नुपूर्व भारतको विदेश मन्त्रालयलाई पनि यसबारे जानकारी दिनेछ ।