नेपाल आइडलका प्रताप लामाको गीत सार्वजनिक (भिडियो)

1157
views

नवदृष्टि संवाददाता
काठमाण्डौ, २१, श्रावण । नेपाल आइडलका प्रतियोगीले गीत निकाल्ने क्रममा प्रताप लामा पनि थपिएका छन्। उनको ’तिमी थियौ’ बोलको गीत सार्व्जिनक भएको छ। प्रताप लामाको स्वर, शब्द र संगीत रहेको उक्त गीत New Love Song-2017 | TIMI THIYAU | Pratap Lama (Nepal Idol) | Ft.Bikash Lamichhane,Sunika Basnet  शुक्रबार युट्युबमार्फत सार्वजनिक भएको हो । लामा ’नेपाल आइडल २०१७’ का सहभागी थिए भने यसअघि उनी नेपाली तारा सिजन ३ का विजेता समेत हुन् । सान थापाको निर्देशन रहेको गीतको भिडियोमा विकास लामिछाने र सुनिका बस्नेत अभिनय गरेका छन् ।