आफ्नै साथीको छोरा अपहरण गरी ५० हजार फिरौती माग्ने विक पक्राउ

639
views

काठमाण्डौ, २०, श्रावण । आफ्नो साथीको छोरा अपहरण गरेर फिरौती माग्ने राजु विकलाई प्रहरीले पक्राउ गरेको छ । साथीकै छोरा अपहरण गरी ५० हजार फिरौती माग्ने राजुलाई प्रहरीलले शनिबार पक्राउ गरेको हो । राजु नै उक्त अपहरणको योजनाकार रहेका थिए । प्रहरीले औपचारिक पत्रकार सम्मेलन गरेर राजुसँगै विष्णु पाण्डेलाई सार्वजनिक गरेको हो। राजु विकले हुलिया परिर्वतन गर्न कपाल खौरिएका थिए भने हातमा हत्कडी र अनुहारमा मास्क लगाएका थिए । उनलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो। ललितपुर कुसुन्तीमा डेरामा बस्दै आएका उनले क्षेत्रपाटीका हार्यवेयर ब्यापारी अजय चौधरीका साढे ५ वर्षका छोरा विशालको अपहरण गरेका थिए । विकसहित अपरहणमा सम्लग्न ४ जनालाई पक्राउ गरेको प्रहरीले पुष्टि गरेको छ । बालक अपहरण गरी विकले ५० लाख फिरौती मागेका थिए । अपहरणकारीले बालकलाई भने गत सोमबार काडाँघारीबाट छाडेका थिए । बालक अपहरण परेको दिन विक बालकका बाबुसँगै प्रहरी चौकीमा उजुरी गर्न गएका थिए ।
को हुन् राजु ?
विजयका एकदमै मिल्ने साथी हुन् राजु। छोरो विशाल स्कुलबाटै हरायो भनेर विजयले भनेपछि राजु तत्काल आएका थिए। छोरो हराएपछि प्रहरीमा उजुरी दर्ता गर्दा पनि राजु विजयसँगै प्रहरी कार्यालय पुगेकाले पनि उनीमाथि शंकाले हेरिएको थिएन, सुरुमा।
शुक्रबारसम्म विजयसँगै रहेका राजु शनिबारदेखि भने आएनन् । राजु नआएपछि विजयले फोन गर्दा पनि आउँछु भने तर आएनन्। प्रहरीले विद्यालयको फुटेजका आधारमा चिनेजानेकै व्यक्तिले बालकको अपहरण गरेको निष्कर्ष निकालेको थियो । त्यही निष्कर्षसँगै प्रहरीले विजयका घरमा आउँजाउँ गर्नेहरुमाथि निगरानी बढाएको थियो। त्यो निगरानीमा राजु छुटेनन् ।
अझ, शुक्रबारदेखि विजयकोमा नफर्किएपछि प्रहरीले राजुमाथिको निगरानीलाई थप बढाएको थियो। बालकको उद्धार भइसकेपछि फोन अफ गरेर उनी फरार रहेका थिए ।