मतदातालाई नागरिकता बाँड्न टोली गाउँ गाउँमा

684
views

महेन्द्र जिसी
पर्वत, २१, श्रावण । निर्वाचन आयोगले नयाँ मतदाता नामावली संकलन सुरु गरेसँगै जिल्ला प्रशासन कार्यालय पर्वतले गाउँमै नागरिकता वितरण गर्ने जनाएको छ । उमेर पुगेका तर नागरिकता नभएका व्यक्तिले मतदाता नामावलीमा फर्म भर्न नपाउने भएकोले गाउँमै गएर नागरिकता वितरण गर्ने सहायक प्रमुख जिल्ला अधिकारी डिल्लिराम शर्माले जानकारी दिए ।
प्रजिअ शर्माले साउन २० र २१ गते मोदी गाउँपालिका, २२ र २३ गते महाशिला गाउँपालिका, २४ र २५ गते जलजला गाउँपालिका तथा २६ र २७ गते फलेवास नगरपालिकामा नागरिकता वितरण गर्ने कार्यक्रम रहेको बताए । विहादी गाउँपालिकामा भने भने ईलाका प्रशासन कार्यालय हुवासले २१ र २२ गते नागरिकता वितरण गर्ने शर्माले बताए ।

त्यस्तै कुश्मा नगरपालिकामा जिल्ला प्रशासन र पैयुँ गाउँपालिकामा ईलाका प्रशासन कार्यालय हुवासले नागरिकता वितरण गरिरहेको छ । निर्वाचन कार्यालयले १८ वर्ष पुगेका तथा नामावली नभएका मतदाताको नयाँ नामावली साउन १ देखि १५ सम्म निर्वाचन कार्यालय र साउनको १६ देखि ३२ स्थानीय तहका कार्यालयबाट संकलन गरिरहेको छ ।