बन्दले पूर्वका नौ जिल्लाको जनजीबन प्रभावित

558
views

इटहरी,२२, श्रावण । राष्ट्रिय जनमुक्ति पार्टी निकट लिम्बुवान राज्य परिषद्ले आईतबार सुनसरीसहित अरुण पूर्वका नौ जिल्लामा बन्द आवहन गरेको छ । बि.स. १८३१ साउन २२ गते पृथ्वीनारायण शाहले नेपाल एकीकरणको नाममा लिम्बुवान राज्य खोसेको भन्दै परिषद्ले हरेक बर्ष आजकै दिनलाई ‘कालो दिन’ को रुपमा बन्द गर्दै आएको छ ।
अरुण पूर्वका नौ जिल्लालाई आत्मनिर्णयको अधिकारसहितको स्वयक्त लिम्बुवान राज्य घोषणा गरिनुपर्ने परिषद्को माग छ । परिषद्ले धनकुटा, तेह्रथुम, संखुवासभा, ताप्लेजुङ्ग, पाँचथर, ईलाम, सुनसरी, मोरङ र झापामा एकदिने बन्द आवहन गरेको हो ।
बिहान ५ देखि वेलुका ५ बजेसम्म बन्द आवहन गरिएको राष्ट्रिय जनमुक्ति पार्टीकाले जानकारी दिए । बन्दको समयमा एम्बुलेन्स, प्रेस, शवबाहन लगायत आकस्मिक प्रयोजनका सवारी साधनलाई भने सञ्चालमा अवरोध गरिने छैन ।