भरतपुरमा काँग्रेस–माओवादी केन्द्र गठवन्धनको संयुक्त विजयी र्‍याली (फोटो फिचर)

673
views

चितवन,२२,श्रावण । चितवनको भरतपुर महानगरपालिकामा मेयर पदमा माओवादी केन्द्रकी रेणु दाहाल र उपमेयरमा कांग्रेसकी पार्वती शाह विजयी भएसँगै दुवै पार्टीले संयुक्त विजय ¥याली निकालेका छन् । 

संयुक्त गठबन्धन बनाएर चुनाव लडेका दुवै पार्टीले चुनाव जितेसँगै महानगरपालिकामा आइतबार मध्यान्र्ह याली निकालेका हुन् । र्‍यालीमा सहभागिता जनाउन सबै वडाबाट कार्यकर्ता उपस्थित भएका थिए । हजारौंको सहभागिता रहेको ¥याली चौबिसकोठीबाट लायन्सचोक, सहिद चोक हुँदै पुल्चोक पुगेको थियो । नारायणगढ हुँर्दै याली पुन चौबिसकोठीमा आएर टुंगिएको थियो । वैशाख ३१ मा चुनाव भए पनि गत जेठ १४ गते १९ नम्बर वडाको मतगणनाको क्रममा मतपत्र च्यातिएपछि गणना रोकिएको थियो । सर्वोच्च अदालतको आदेशअनुसार शुक्रबार पुनः मतदान भएको थियो । शनिबार राति मत परिणाम आएसँगै मेयरमा दाहाल र उपमेयरमा शाह विजयी भइन् । दाहाल एमालेका देवी ज्ञवालीलाई २ सय ३ मतान्तरले पराजित गर्दै विजयी भएकी हुन् ।