रसुवामा पहिरोले ८ घर पुरिए,एकै परिवारका ४ जना वेपत्ता

586
views

गमला लामा
रसुवा, २३, श्रावण । रसुवाको उत्तरगया गाउँपालिका–४ पैरेबेसीमा गएराति पहिरो गएर ८ घर पुरिँदा ४ जना वेपत्ता भएका छन् । पहिरोमा परेका ४ जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ । घाइेते मध्ये एक जनाको अवस्था गम्भीर रहेको उद्धारमा खटिएका श्रीनाथ गणका गणपति रोहित गुरुङले बताए ।
पहिरोमा वेपत्ता हुनेमा ७५ वर्षीय धर्मबहादुर थापामगर, उनकी ३५ वर्षीया बुहारी मुना थापामगर, ४ वर्षीया नाति सविन थापामगर र धर्मबहादरको घरमा काम गर्ने ७८ वर्षीय भक्तबहादुर नगरकोटी रहेका छन् । वेपत्ताको खोजी र उद्धार कार्य भइरहेको रसुवाका प्रमुख जिल्ला अधिकारी चमेन्द्र न्यौपानेले जानकारी दिएका छन् ।
आइबार राति ११ बजे आएको पहिरोमा पर्नेहरुको उद्धार गर्न नुवाकोटको श्रीनाथ गणबाट सेनानी रमेश गुरुङको नेतृत्वमा २५ जना सेना घटनास्थल गएको थियो । केहीको रातिनै उद्धार गरिएको र बिहान पुन उद्धार र बेपत्ताको खाजी सुरु गरिएको प्रमुख सेनानी रोहित गुरुङले बताए ।
बस्तीमाथिबाट आएको लेतेपहिरोले स्थानीयका ८ घर पुरेको उद्धार कार्यमा खटिएकमा कालिका प्रविका प्रध्यानाध्यापक पूर्ण बहादुर घलेले बताएका छन् । प्रध्यानाध्यापक घलेले दिएको जनकारी अनुसार स्थानीय तेजबहादुर घले, खड्गबहादुर घले, पुना घले, दिपक घले, कान्छी
थापामगरको घर पहिरोले पुरेको छ । त्यसैगरी देवकी थापामगर, धर्मबहादुर थापामगर दुईवटा०, हरिबहादुर घले, गोपाल थापामगर, लालबहादुर थापामगरको गरी ८ वटा घर पहिरोले पुरेको प्रअ पूर्णबहादुर घलेले जानकारी दिनुभयो ।
पहिरोले पुरिएका कारण घटनास्थल पुग्न बाटो बनाउँदै जानुपर्ने भएकाले पनि उद्धारमा कठिनाई भएको उद्धारमा संलग्नले जनाएका छन् । पहिरो झर्नेक्रम अझै नरोकिएको पनि उनीहरुले जनाएका छन् ।