मलेसियाली सरकारद्वारा विदेशीमाथि धरपकड सुरु

1781
views

क्वालालम्पुर । सुरक्षाचुनौतिको कारण देखाउँदै मेलेसिया सरकारले विदेशीमाथि धरपकड गरेर देश निकाला गर्ने अभियान सुरु गरेको छ । अवैधानिक रुपमा मलेसियामा बस्दै आएका विदेशीमाथि मलेसियाले फेरि धरपकड सुरु गरेको हो । मलेसिया सरकारको यस अभियानबाट अवैध रुपमा त्यहाँ रहेका नेपालीहरु प्रभावित हुनेछन् । भिसाको म्याद सकिएर पनिविविधकारणले गर्दा मलेसियामै कार्यरत रहेका छन् । मलेसियाको जलान मस्जिद इण्डिया क्षेत्रबाट अभियान सञ्चालन गरेको थियो । अभियानलाई प्रहरी र वैदेशिक रोजगार विभागको ‘काउन्टर टेरोरिज्म डिभिजन’ ले नेतृत्व गरेको छ । यस अभियानको दौरानमा वैधानिक कागजात बिना मलेशिया बसिरहेका विदेशीहरु पक्राउ गरेर पठाइने छ ।
अभियानका क्रममा इराक, सिरिया जस्ता देशका आतंकवादीहरुसँग सम्बन्ध रहनेकालाई पनि धरपकड गर्ने र कब्जामा लिने जनाइएको छ ।