साम्राज्ञीराज्य लक्ष्मी अनमोल केसीसँगको रोमान्समा

1535
views

नवदृष्टि संवाददाता
चौतर्फी चर्चा कमाईरहेकी अभिनेत्री साम्राज्ञीराज्य लक्ष्मी शाह ‘ड्रिम्स’ बाट फिल्मी दुनियाँमा भित्रिएकी हुन् । पहिलो चलचित्रबाटै मनग्ये चर्चा कमाएकी अभिनेत्री अहिले अनमोल केसीसँग रोमान्स गर्दै डेब्यू गरेकी हुन् । उनले ड्रिम्स अभिनयबाट अनमोलको भन्दा बढी चर्चा बटुल्न सफल रहिन् । ‘ड्रिम’ पछि उनले यतिबेला राम्रा ब्यानरको चलचित्रहरु हात पार्न थालेकी छन । ती मध्यको एक ‘ए मेरो हजुर २’ पनि हो । सुनीलकुमार थापाले निर्माण गरेको यो चलचित्र १६ भदौबाट प्रदर्शनमा आउँदैछ । उनी अहिले यहि चलचित्रको कारणले चर्चामा छिन् ।
‘ए मेरो हजुर २’ सफल अभिनेत्री झरना थापाले निर्देशन गरेकी हुन् । झरनाको यो निर्देशनमा डेब्यू गरिएको चलचित्र हो । चलचित्रको प्रचारका लागि आयोजना गरिएको कार्यक्रममा झरनाले निर्देशक भन्दा अभिनयनै सजिलो बताउदै आएकी छिन् ।