प्रहरी घेराकै वीचबाट बाहिर निस्किएका खत्रीको मृत्यु, आफैले कञ्चटमा गोली हानेको प्रहरीको दाबी

888
views

काठमाडौ, २३, श्रावण ललितपुरको कुसुन्ती स्थित अरुण वस्तीमा सोमबार गोली लागेर गम्भीर घाइते भएका लागू औषधको डिलर सञ्चालक प्रविण खत्रीकोको मृत्यु भएको छ । खत्रीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले दावी गरेको छ । खत्री आफैले आफैलाई कञ्चटमा गोली हानेको प्रहरीको दावी छ ।
प्रहरीका अनुसार सोमबार बिहानदेखि दुईवटा पेस्तोल लिएर वस्ती घरबाट निस्किएका थिए । उनलाई नियन्त्रणमा लिन महानगरीय अपराध महाशाखाको टोली बिहानैदेखि परिचालित थियो । अपराध महाशाखाका अनुसार कुसुन्तीमा एउटा घर पछाडि वस्तीलाई गोली लागेको अवस्थामा भेटिएको थियो ।
स्रोतका अनुसार खत्री आफ्नै घरको कोठामा रहेको वेला प्रहरीले घेरा हालेको थियो । प्रहरी घेराकै वीचबाट खत्री दुई वटा पेस्तोल लिएर बाहिर निस्किएका थिए । खत्रीलाई प्रहरीले लखेटेको थियो । ‘अन्त्यमा खत्री आफैले आफ्नै बन्दुकले गोली हानेपछि हामीले फेला पारयौ’ प्रहरीले भनेको छ ।