नेकपाका धौलागिरि ब्यूरो इन्चार्ज पारषमणीले गरे पार्टी परित्याग, वैद्य नेतृत्वको माओवादीमा फर्किने तयारी

828
views

नवदृष्टि संवाददाता
पर्वत, २४, श्रावण । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा केन्द्रिय सदस्य एवं धौलागिरी व्यूरो ईन्चार्ज पारषमणी केसीले पार्टी परित्याग गरेका छन् । उनले आफ्नो फेसबुक स्टाटसबाट राजनीतिक र व्यवहारिक काम देखाउदै पार्टी परित्याग गरेको जानकारी दिएका छन् । नेकपा परित्याग गरेका पारषमणी वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीमा फर्किने तयारी रहेको बुझिएको छ । उनले भनेका छन् – बिप्लव तिर रहनुभएका केहि नेताहरु मध्य मेरो अन्तरमनले सधै सम्झना र सम्मान गरिरहने एकजना नेता क.पारसमणि जो संग मैले छोटो समय मात्र संगत गरेकोथिए को यो निर्णयले सारै मर्मा्हित तुल्यायो ! कतै दुर्घटना भएर उहा लाई दक्षिणपन्थी हावाहुरीले उदायो भने नेपालको क्रान्तिकारी आन्दोलनले ठुलो क्षति ब्यहोर्नु पर्ने त छदैछ साथै नेताहरु प्रति जनता कार्यकर्ताहरुको बिस्वास पनि नराम्रो संग टुट्नेछ ।
ज्ञ)कम्युनिस्ट पार्टी भनेकै निश्चित दर्सनको मार्ग्निर्देशन र राजनीतिकोप्रयोगमा समतामुलक आर्थिक निति पार्टी र समाजमा लागु गर्नु हो ियदि त्यसो गर्न सकियन भने इमान्दारहरु उत्पीडनमा परि रहने हुन्छ । २) आर्थिक अराजकता र व्यभिचार नेपाली समाजले बढी भन्दा वढी नियमन गर्ने प्रसँग छन । कम्युनिष्ट पार्टी र त्यसका नेता कार्यकर्ता त यस मामिलामा झनै जन निगरानीमा हुने गर्दछन् । यस मामिलालाई बेवास्ता गर्नु भनेको ढिलोचाडो पार्टीलाई भर्स्ितकरन गर्नु हो िघ) पार्टी भनेको बिचार र भावनात्मक सोचाईहरुको छ्लफलबाट उन्नत विचार अनुसन्धान गरी त्यसको वैज्ञानिक प्रयोग गर्ने साधन हो । अत विचार र भावना प्रकट हुन बित्तिकै असहिस्नू हुने कुराले मोणोलिथिक एकताको खराव अपेक्षको माग गर्दछ । द्ध) जनयुद्द हाम्रो पुस्ता र जीवनको सबैभन्दा गौरवपूर्ण अवधि थियो ित्यस देखि अहिले सम्म बीभीनन नेतृत्व र कमिटी संग सहकार्य गर्दा बहुआयामी अनुभूतिहरू छन ियस अवधि सम्म सहयोग गर्ने सबैलाई आभार प्रकट गर्द छु । साथै आफू बसुन्जेल सस्था पूर्ण रुपले ठीक र आफू अलग भएपछी पूर्ण रुपले बेठीक भन्ने परम्परागत प्रचलन बाटपनि आफूलाई अलग गर्दछ । किनकि यो पनि कम्युनिस्ट एकताको लागि बाधक छ । छ) अतः केही राजनीतिक र व्यवहारिक कारणले आज देखि नै नेपाल कम्युनिस्ट पार्टीबाट अलग भएको जानकारी गर्दछु िकम्युनिस्ट राजनीति र सकृयतालाई फरक ढंगले निरन्तरता दिनेछु । छ्लफलमा रहेका अरु केन्द्रीय सदस्य र सबै कमरेडहरु संग सम्वाद जारी रहने नै छ । पारसमणि, केन्द्रीय सदस्य तथा धौलागिरि ब्यूरो इन्चार्ज, नेपाल कम्युनिस्ट पार्टी