मलेसियामा नेपाली कार्यरत एक कम्पनीमा भिषण आगलागी

1190
views

मलेसियाको राजधानी क्वालालाम्पुरको केपाङमा भिषण आगलागी भएको छ । राजधानी क्वालालाम्पुरको केपाङमा रहेको टप बाईड्ली ईन्टरपईजेज एडिएन बिएचढी कम्पनी कम्पनीमा सोमबार आगलागी भएको हो ।
नेपाली समयअनुसार मध्यन्न १२ बजे उक्त कम्पनीमा आगलागी भएको त्यहाँस्थीत कम्पनीमा कार्यरत नेपालीले जानकारी दिएका छन् ।
उक्त कम्पनीमा पाँच जना नेपाली पनि कार्यरत रहेको दिपक सुनाखरी मगरले जानकारी दिनुभएको छ । उनिहरुँग रहेको पासपोर्ट लगायत अन्य कागजातहरु जलेर नष्ट भएका छन् । टप वाईल्ड कम्पनीको पछाडी रहेको कम्पनीमा विद्यूत सर्ट भएर आगलागी भएको बताईएको छ । त्यसपछि नेपालीहरु कार्यरत कम्पनी टप वाईल्डमा पनि आगो लागेको हो । करिब आधा घण्टा पछि आएको दमकलको सहयोगमा अहिले आगो नियन्त्रणको प्रयास भैरहेको छ ।