ध्वजावाहक नेपाल वायु सेवा निगमले दुईवटा न्यारोबडी जहाज खरिद गर्ने

743
views

काठमाडौं, २५, श्रावण । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले दुईवटा न्यारोबडी जहाज खरिद गर्ने भएको छ ।
निगमले सिधै एयरबस कम्पनीसँग जहाज खरिद गर्न सकिने गरी सार्वजनिक खरिद ऐन परिमार्जन भएपछि एयर बस खरिदका लागि पत्राचार गरेको जनाएको छ। निगम महाप्रबन्ध सुगतरत्न कंसाकारले एयरबस उत्पादन कम्पनिलाई दुई वटा न्यारोबडी जहाज खरिद गर्ने गरी पत्रचार भएको बताए ।
सार्वजनिक लेखा समितको छलफलमा सांसदहरुले निगमको व्यवस्थापन सुधार नभएको भन्दै लगाएको आरोपको खण्डन गर्दै कंसाकारले निगमको विश्वसनियता बढाउन जहाज खरिदका लागि पत्रचार गरिएको जवाफ दिएका थिए। ‘निगमको व्यवस्थापनमा विस्तारै सुधार भएको छ’ उनले भने, ‘कानुनी प्रक्रिया केही लामो हुँदा समस्या आएको हो।’
निगमले भर्खरै मात्र दुई वटा वाइडबडी जहाज खरिदका लागि पहिलो किस्ता वापतको ८ अर्ब भन्दा बढी रकम पठाइसको छ। पुनः निगमले जहाज थप्दै आफ्नौ पुरानो गन्तव्यमा फ्लाइट थप्ने र केही नयाँ गन्तव्यका समेत उडानका लागि जहाज अति नै आवश्यक भएको बताएको छ।
निगमसँग अहिले अन्तर्रा्ष्ट्रिय उडानका लागि दुई वटा मात्रै एयरबस छन् । तर, पनि निगमको अकुपेन्सी ७० दशमलब एक छ। यो सबैको भन्दा बढी हो ।