कास्कीको रिभानमा आएको बाढी पहिरोले १३ घर बगायो

630
views

पोखरा, २५, श्रावण । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं ५ रिभानमा पहिरोले १३ घरमा पूर्ण क्षति पुगेको छ । पहिरो सहित आएको बाढीले रिभानका हुम्दी डाँडा गाउँ र लाम्पाटाका १३ घर बस्न नमिल्ने गरि क्षति पुगेको रिभानको स्थानीयले जानकारी दिएका छन् । गाउँभन्दा माथि लेकमा रहेका गोठालाहरुले पहिरो गएको र चर्को आवाजका साथ बाढी पहिरो बस्तीतिर आउदै गरेको जानकारी गराएपछि गाउँलेहरु समयमै सुरक्षित स्थान तर्फ गएका थिए । बाढीले चौपायाहरु बगाए पनि क्षतिको जानकारी प्राप्त हुन सकेको छैन ।
बाढीले स्थानीय देवीलाल लामिछाने, दण्डवहादुर विक, प्रविण लामिछाने, गंगावहादुर विक, प्रेम विक, राजमान विक, दिननाथ पौडेल, कमला परियार, नरवहादुर विक, काजी विकको घरमा पूर्ण क्षति पुगेको छ । त्यस्तै दण्ड आचार्य, सन्तु लामिछाने, भक्तप्रसाद लामिछाने र हिमलाल भुषालकरो घर जोखिममा रहेको छ ।
वाढीले हुम्दीमा रहेका २ वटा मोटरेवल पुल र विजुलीका पोलहरु समेत समेत वगाएको छ । अहिले घटनास्थलमा प्रहरी पुगीसकेको र क्षतिको विवरण संकलन गरिरहेको स्थानीय बलराम गिरीले जानकारी दिए । वाढीवाट विस्थापित वनेकाहरु अहिले छिमेकी वस्तीहरुमा आश्रय लिएर वसेका छन् ।