क्षितिज सुनार र सर्मिला थापाको सितलु छायाँले बजारमा

1474
views

सन्दिप पाठक
पर्वत, २६, श्रावण । क्षितिज सुनार र सर्मिला थापाको स्वरमा रहेको तिज गित कोशेली ‘सितलु छायाँले’ बजारमा आएको छ । छमछमी नाँच्ने खालको उक्त गितले यतिबेला बजारीक माहोल निकै तताएको छ । लामो समयदेखि नेपाली गीत संगीतमा कृयशिल सुनारको लय शब्दमा तयार पारिएको यो गीतमा तीज को वास्तविक भाका समेट्न खोजिएको छ । दर्जनौ गीत मा उत्कृष्ट नृत्य गरेर छोटो समयमै चर्चा बटुलेका मोडल निर्मल क्षेत्री को नृत्य रहेको छ । सिर्जन बरालको निर्देशन रामेश्वर हुमागाईको छायांकन र अमृत चापागाईंको सम्पादन रहेको उक्त गित जनता डिजिटल प्रालिले बजारमा ल्याएको हो ।