जापानमा फेरि १०औं नेपाल फेस्टवल हुने

2055
views

जापान २६,श्रावण स्थानीयस्तरमा उत्पादित वस्तुको प्रचारप्रसार गरी नेपालमा जापानी पर्यटक बढाउने उद्देश्यले भदौ १० र ११ मा टोकियोको उएनोपार्कमा १०औं नेपाल फेस्टवलको हुने भएको छ ।
गैरआवासी नेपाली सघं ९एनआरएनए०जापानको आयोजनामा फेस्टवल हुन लागेको हो । एनआरएनए जापानलाई चार दर्जनभन्दा बढी संघ संस्था र जापानस्थित नेपाली राजदूतावासले साथ दिँदैछन् । आयोजकले टोकियो आसपासका विभिन्न सहरमा जाने पोस्टर पम्पलेटमार्फत जापानी नागरिकलाई नेपाली वस्तुको पहिचान र पर्यटकीय क्षेत्रबारे जानकारी दिने कामलाई तीव्रता दिएका छन् । प्रचारप्रसारमा जापानी नागरिकले पनि सहयोग पुर्यानइरहेका एनआरएन जापानले बताएको छ ।
सघंका अध्यक्ष सुदन थापाले ुअतिथि देवो भवस्ु भन्ने मुल नाराका साथ सुरु गरिएको फेस्टवललाई पहिलो प्राथमिकता दिएको बताए । थापाका अनुसार मौलिक भाषा, कला, सस्ंकृति, पहिचान र स्थानीयस्तरमा उत्पादित वस्तुको प्रचारप्रसार गरी व्यावसायिक पहिचानको सम्भाव्यतालाई जापानी पर्यटकमार्फत प्रवर्द्धनका लागि गतवर्ष भन्दा फरक सैली अपनाइएको हो । फेस्टवलमा कला सस्ंकृति झल्कने, पर्यटकीय स्थलको जानकारीमूलक, नेपाल चिनाउने पथ प्रदर्शनमूलक, नेपाली खानाका रेस्टुरेन्टलगायत ४६ स्टल रहने मूलआयोजक समिति संयोजक देवीलाल भण्डारीले जानकारी दिए । अघिल्ला वर्ष भन्दा यो पटक नेपाली खानाका परिकार, नेपाली कला सस्ंकृति झल्कने लोकगीतले फेस्टिवलमा आकर्षण बढ्ने आयोजकको भनाइ छ ।
आयोजकले आर्थिक भार कम पार्ने प्रयासस्वरुप स्टल निर्माण र सहयोग अभियान चलाएका छन् । १ करोड ७० लाख जापानीयान खर्चमध्ये १ करोड बराबरको स्रोत व्यवस्थापन भइसकेको छ ।
फेस्टवल व्यवस्थित गर्न भन्दै देवीलाल भण्डारी, टासीवांदी लामा उपसंयोजक लेलिन भट्टचन, सरोजकुमार खत्री, बुद्धिराज घिमिरे,परशुराम बस्नेत, शिवप्रसाद पौडेल, संगीता अधिकारी, सुनिल शाक्य, जनकविक्रम शाहीलगायत २१ जनाको टोली बनाइएको छ । त्यस्तै दीपक थापाको संयोजकत्वमा आर्थिक, एनआरएनए कान्तोक्षेत्रको संयोजकत्वमा फोहोरमैला व्यवस्थापन, इन्दिरा सुजुकीको संयोजकत्वमा
अतिथि सत्कार समिति र प्रचारप्रसारको काम पत्रकार महासघं जापान शाखाले गर्नेछ भने सांस्कृतिक कार्यक्रमका लागि अमर गुरुङ, अतिथि व्यवस्थापन संयोजक ओम गुरुङले सम्हालेका छन् ।