महिला सहकारी समन्वय समितिको ऐतिहासिक सम्मेलन सम्पन्न

765
views

नवदृष्टि संवाददाता
बाग्लुङ्ग, २६, श्रावण । महिला सहकारीको ऐक्यबद्दता, सहकारीको अपरिहार्यता, भन्ने मुल नाराका साथ महिला सहकारी जिल्ला समन्वय समिति बाग्लुङको पहिलो भेला तथा साधारण सभा जिल्ला भरीको महिला सहकारीहरुको सहभागितामा सम्पन्न भएको छ । बुद्दबिहारमा 

आयोजित एका समारोहका बिच नेपालमां पहिलोपटक ऐेतिहासिक सम्मेलन सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै महिला विकास अधिकारी डिल कुमारी शर्माले महिलाको आर्थिक सामाजिक शक्ति कमजोर भएकोले ऐक्यबद्दता अपरिहार्य भएको बताउनुभयो । शर्माले महिलाको साझा सहकारी समन्वय समितिलाई आवश्यक सहयोग गर्नेप्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा डिभिजनल सहकारी कार्यालयक सूचना अधिकृत होमनाथ सुबेदीले सहकारी कार्यलय र सहकारीहरु बीचको सम्बन्ध नङ र मासुको जस्तै सम्बन्ध भएकाले समन्वय, नीतिगत सहकार्य र नयाँ ऐन तथा कर प्रणाली स्थानिय निकायबाट हुने प्राबधान रहेको भन्दै सोही बमोजिम कार्य सम्पादन गर्न आग्रह गर्नुभयो । अधिकारकर्मी एवं अभियान्ता सिताराम थापाले लैङ्गिक समानता एवं महिला अधिकार र समाबेशिको दृष्टिले नेपालको ईतिहासमां महिला सहकारीको समन्वय समिति बाग्लुङबाट शुरु भएकोले नमुना कार्य गरी यसलाई नीति निर्माणसम्म पहुँच पुर्याउन र सहकारीमा महिलाको पहँुच सुनिश्चित गर्न लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रममा महिला अधिकारकर्मी सकुन्तला शर्मा, सल्लाहाकार प्रमिला राज भण्डारी, ईन्द्र श्रेष्ठ, महिला सहकारी अभियन्ता, बुर्तिवाङबाट लिलमाया पुन, कुश्मिशेराबाट खिमा थापा, गल्कोटबाट भगवती मल्ल, लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो । महिला सहकारी समन्वय समितिका कार्यकारी समितिमां अध्यक्ष लिला खड्का, उपाध्यक्ष, प्रमिला राजभण्डारी, सचिव, ज्ञानु थापा मगर, सह– सचिव, शशी किरण श्रेष्ठ, कोषाध्यक्ष, पिमला जिसी रहनुभएको छ । यस्तै समितिका सदस्यहरुमा डिलमाया पौवी, पबित्रा बुढाथोकी, यमुना ढकाल, खिमा थापा, भगवती मल्ल, खिमा श्रीस चयन हुनु भएको छ ।